खानेपानी मन्त्री थापालाई कोरोना पुष्टि

काठमाडौं,खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना पुष्टि भएको छ। विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा कारोना संक्रमण पुष्टि भएको हो।

‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो। थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले वताएको छ।चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।