बाबुराम भट्टराईको पेटको शल्यक्रिया हुँदै
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार ११:२४
प्रकासित समय : ११:२४
काठमाडौं,पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको आज शल्यक्रिया गरिने भएको छ।
भट्टराईको पेटमा रहेको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।
भट्टराई बिहिबार मात्र अस्पताल भर्ना भएका थिए ।