पूर्वरानीको स्वास्थ्य थप बिग्रियो

प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिन थालिएको छ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ।

शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि बिहिबार मात्र आईसीयू वार्डमा सारिएको थियो।आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको थियो।यस्तै, अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनलाई अहिले अक्सिजनको सर्पाटमा उपचार गरिरहेको अस्पतालले जनाएको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ।वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएको थियो।