नेपालमा थप ४८३१ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १६, बिहीबार १६:५५
प्रकासित समय : १६:५५
काठमाडौँ,नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि भएको छ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ।
गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ।
आज थप ३५ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।