गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर

सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो प्रदेशमा वसोवास गर्ने गरिव विपन्न परिवार जो पैशा नभएर उपचार गर्न नपाउने कारोना संक्रमित विरामीलाई औषधी तथा रेम्डिशिविर निशुल्क व्यवस्थापन गरिने वताएकी हुन्।

कर्णाली प्रदेश कारोनासंग लड्न सक्षम रहेको भन्दै मंन्त्री के सीले दुर्गम वस्तीका कोरोना संक्रमितलाई प्रदेश अस्पतालसम्म ल्याउनको लागि आवश्यक एम्वुलेन्स संन्चालन गर्न आवश्यक वजेट विनियोजन गरिएको र विगट क्षेत्रका लागि हवाई उद्धारको व्यवस्थान गर्न पहल समेत गरेको वताइन्।कर्णाली प्रदेशका अस्पतालहरुमा आवश्यक जनशक्तिको अभाव रहेकोले कर्मचारी व्यवस्थापनमा कर्णाली सरकार सकारात्मक रुपले लागिपरेको जानकारी दिईन्।

कोरोना उपचारको लागि अक्सिजनको आपुर्ति चुनौतीको विषय वनेकोले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठुला अक्सिजन प्लाण्ट तथा प्रत्येक जिल्लामा मिनि अक्सिजन प्लाण्टको लागि ४०/४० लाखको दरले वजेट विनियोजन गरिएको वताईन्।हाल कर्णाली प्रदेशमा १ लाख २ सय २२ पीसीआर परिक्षण गरिएको जसमध्ये ८ हजार ३ सय २ जना कुल संक्रमित भएका छन्।कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या ७ सय ६० जना रहेको र कारोनाका कारण ३९ जनाको मृत्यु भईसकेको छ।