भीडभाड गरेको आरोपमा पुजारी पक्राउ
प्रकासित मिति : २०७८ बैशाख १६, बिहीबार ११:३१
प्रकासित समय : ११:३१
एजेन्सी,श्रीलंकाको जाफ्नामा श्री कामाक्षी अम्मन कोविल मन्दिरको उत्सवमा ठूलो भीडभाड गरेको आरोपमा एक पुजारी पक्राउ परेका छन्।
कोलम्बो गजेट पत्रिकाको खबरअनुसार श्रीलंकाको एक हिन्दू मन्दिरमा कोभिडको केसहरू बढिरहेको बेलामा पनि विशाल सभा आयोजन गरेको आरोपमा पुजारी लगायत अन्यलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार उत्सवमा कसैले पनि मास्क लगाएको थिएन र भौतिक दूरी पनि पालन गरेको थिएन।
मन्दिरको न्यासी मण्डलका प्रमुख तथा सचिवलाई प्रतिबन्ध उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ । सरकारले भीड हुने कार्यक्रममा मे ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ।सिन्हाला तथा तमिल नववर्षपछि श्रीलंकामा गत साता विद्यालय, पार्टी तथा जनसभामा मे ३१ सम्मका लागि प्रतिबनध लगाएको छ।