सरकारले सांसद शाहीलाई किन बन्दीका रूपमा राख्योः राष्ट्रिय जनमोर्चा

काठमाडौं,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ।

पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन।

उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो रु उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ।कोरोना संक्रमण भएको रिपोर्टसहित शाही पोखरास्थित चरक अस्पतालको कोभिड आइसियूमा भर्ना भएका छन् ।