पूर्वरानी शाह आईसीयूमा

अक्सिजनको कमी

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई आईसीयू वार्डमा सारिएको छ।

अक्सिजनको मात्रा कम देखिएपछि आईसीयू वार्डमा सारिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ । हिजो अस्तिको भन्दा कोमलको स्वास्थ्य अवस्था बिग्रिएको अस्पताल स्रोतले बताइएको छ।यस्तै, अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई अहिले अक्सिजनको सर्पाटमा उपचार गरिरहेको अस्पतालले जनाएको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ।वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएको थियो।