नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु
प्रकासित मिति : २०७८ बैशाख १५, बुधबार १७:३९
प्रकासित समय : १७:३९
काठमाडौं,नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। बुधबार मात्र देशभर कुल ४ हजार ८ सय ९७ जना कोरोना संक्रमण थपिएका छन्।
जसमा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ। १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ भने एन्टिजेनबाट ९ सय ५५ जनालाई परीक्षण गरिएको थियो।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ।