नेपालमा थप ४८९७ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १५, बुधबार १६:३४
प्रकासित समय : १६:३४
काठमाडौँ,नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ।
गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७९ हजार २७४ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा काठमाडौैंमा १४६४,भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जना संक्रमित भएका छन् ।