अक्सिजन सिलिण्डरमा कर छुट

काठमाडौं,सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ।

बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन्।

अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले बताए ।