बाँकेमा ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालगन्ज,बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताए।

यसैबिच आजमात्रै भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।