बाग्मतीमा मन्त्रिपरिषद्‌ विस्तार

काठमाडौं,बाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री पौडेलले नुवाकोटका सांसद केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सिन्धुपाल्च‍ोकका सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, दोलखाकी सांसद सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र धादिङका सांसद डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो।

मन्त्रीहरुको सपथ बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ।यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएका थिए। यी तिनै मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहतमा राखेका थिए ।