‘लकडाउन’ पछीको सुर्खेत(फोटो सहित)

सुर्खेत,लकडाउनपछीको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सुनसान देखिन्थ्यो। लकडाउनको कारणले स्थानिय वासिहरुको जिवनयापनमा थप संकट पैदा गरेको छ।वजार क्षेत्रका औषधी पसल वाहेक अन्य पसलका सटरहरु वन्दनै देखिन्थे। मानिहरुको चहलपहल निकै कम थियो।

दैनिक जसो हजारौको संख्यामा आवत जावत हुने वसपार्क क्षेत्रमा गाडी त के एक जना मानिस पनि थिएनन्।टन्टलापुर गर्मिको वेला प्रहरीले सवारी साधन तथा पैदल यात्रिहरुलाई विषेश निगरानी वढाएको थियो। वसपार्कको आडैमा रहेको मंगलगढी चोकमा काठमाडौँ देखि आएको एउटा वस रोकिएको थियो। वसमा रहेका यात्रिहरु सवैले माक्स लगाएका थिए।

सवै यात्रीहरु थकित मुद्रामा थिए। उनिहरुलाई गन्तव्यसम्म पुग्न हम्यहम्य परिरहेको थियो।काठमाडौँ देखि आइपुगेका यात्रीहरुले वीरेन्द्रनगर वजार क्षेत्रभरी आवत जावत गर्ने सवारी साधन नपाउदा काँधमा भारी वोकेर पसिना पुछ्दै हिडिरहेका दृश्यहरु देखिन्थे।पहिलो चरणको लकडाउनको प्रभावले उठ्न नसकेको अर्थतन्त्र पुनः दोस्रो चरणको लकडाउनले झन सिथिल वन्नेमा दुईमत देखिदैन।

भाडा तिरेर व्यापार व्यवसाय थालेका व्यापारीहरु,मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु र दुर्गम वस्ती जहाँका विद्यार्थिहरु इन्टरनेटको पहुँचभन्दा वाहिर रहेका छन् उनिहरुलाई लकडाउनको प्रभाव राम्ररी थाहा हुन्छ।वीरेन्द्रनगर सुर्खेतमा वैशाख १४ गते राति १२ः०० वजे देखि लकडाउनको घोषणा गरिएको थियो।