प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले वताएको छ। उनलाई डा प्रदीप श्रेष्ठको टोलीले उपचार गरिरहेको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई केही महिनाअघि उपचार गर्न भारत लगिएको थियो ।