मास्क नलगाउनेलाई कान समातेर उठवसको कार्वाही

काठमाडौँ,कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ।ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनय सहित अरुसामु पोखेका छन्।

आज महानगरीय प्रहरी परिसर काठमाडौँले मास्क नलगाउने १ हजार ३ सय २५ जनालाई पक्रेर सचेत गराएको छ। बढ्दो कोरोना संक्रमण रोकथामका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्नेमा जोड दिँदै परिसरका प्रवक्ता प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले मास्क नलगाई हिँड्नेहरुलाई सम्झाई बुझाइ गरिएको वताए।

महामारी रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै मास्क नलगाई हिँडेका ३ सय २२ जना महिला तथा १ हजार ३ जना पुरुष गरी जम्मा १३ सय २५ जनालाई सम्झाई बुझाई गरेर पठाएको उनले वताए ।