गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौं,गण्डकी प्रदेशसभा बैठक भोलीसम्मको लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो।

मंगलबारको बैठकमा एमालेका सांसदले कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै बैठक अवरोध गरेका थिए।बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने बताए।

त्यसपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए।त्यसपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसबीचमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण माग गरेपछि प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए।

आजै सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बुधबार दिउँसो १ बजे बैठक बस्नेछ ।