एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
प्रकासित मिति : २०७८ बैशाख १४, मंगलवार १४:०६
प्रकासित समय : १४:०६
पोखरा,सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्।सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन्।
बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने बताए ।त्यसपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए।
सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका हुन्।