क्यान्सर पिडित तिरुवालाई पचालझरना गाँउपालिकाको आर्थिक सहयोग

कालिकोट,कालिकोट पचालझरना गाँउपालिका २ का क्यान्सर रोगले थलिएका भोटे तिरुवालाई पचालझरना गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।

सोमवार सामाजिक संन्जाल फेसवुक मार्फत जानकारी दिदै गाँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल(विश्वप्रकास)ले क्यान्सर पिडित भोटे तिरुवाको उपचारको लागि गाँउपालिकाको तर्फवाट १ लाख सहयोग गरिने वताएका हुन्।अध्यक्ष सेजुवालका अनुसार दुखमा परेकाहरुलाई सहयोग गर्ने भावनाको विकास हुन जरुरी रहेको भन्दै क्यान्सर पिडित तिरुवाको स्वास्थ्य लाभको कामना सहित सबैले सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।

 

क्यान्सर पिडित तिरुवाको उपचारको लागि विभिन्न व्यक्ति संघ संस्थाहरु मार्फत सहयोग संकलन हुने क्रम जारी रहेको छ।हाल तिरुवाको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भईरहेको पारिवारीक स्रोतले वताएको छ