वाईसीएल बाँकेको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

नेपालगन्ज,बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसीएल)बाँकेले धानाकर्षण सहित ज्ञापन-पत्र वुझाएको छ।बाँके जिल्लामा दिन प्रतिदिन कोरोना महामारीले उग्ररुप लिइरहेको छ। यसको नियन्त्रण तथा व्यवस्थापनमा स्थानिय सरकार,प्रदेश सरकार तथा संघिय सरकार मौन रहेको उल्लेख गर्दै वाईसीएल वाँकेले ज्ञापन पत्र हस्तान्तरण गरेको थियो।

बाँके जिज्ला कारोना महामारीको रेड जोन वनिरहेको वेला जिल्लामा रहेका विभिन्न श्वास्थ्य संस्थाहरुमा वेड,औषधी,श्वास्थ्यकर्मी,अक्सिजनको अभाव भईरहेको छ। भारत संगको सिमा नाका नजिक रहेका कारण समुदाय स्तरमा कारोना फैलिसकेकोले सर्वसाधारणहरुले शुल्क तिरेर परिक्षण गर्न वाध्य भएकोले तत्काल परिक्षण निशुल्क वनाई परिक्षणको दायरा वढाउनुपर्ने माग राखिएको छ।

ईन्चार्ज सुरज जागा र संयोजक आकाश कार्कीद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा श्वास्थ्य उपकरण,आईसोलेसन वार्ड,वेड व्यवस्था,व्यवस्थित क्वारेन्टिन तथा होर्डिङ्ग सेन्टरको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ। बाँकेमा दैनिक ३ सय भन्दा वढि कारोना संक्रमित थपिरहेका छन्।केहिदिन देखि बाँकेमा लकडाउनको घोषणा गरिएको छ। तैपनि कारोना नियन्त्रण भन्दा वाहिर रहेको छ।

यस्तो छ ज्ञापन-पत्र