भोली रातीदेखि सुर्खेतमा एकसाता लकडाउन

सुर्खेत,सुर्खेत जिल्लामा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएको छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ताका लागि निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले वताए।रिजालले भने ‘भोलिदेखि जिल्लाभर एक हप्ता निषेध आदेश जारी गर्ने निर्णय भएको छ, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेध आदेश लागू गर्न लागिएको हो।

हाल सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन्।