बाँकेमा स्वास्थ्य संकटकाल घोषणा गर्न अधिकारकर्मी खानको माग

बाँके,मानव अधिकार संरक्षण तथा पर्वधन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले उचित व्यवस्थापन सहित बाँकेमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने माग गरेका छन्।‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ,’ उनले भने,‘यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यकता रहेको छ।

१४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सके कोरोना नियन्त्रणमा आउने वताए।खानले, ‘संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगाउनु पर्ने वताएका छन्।’संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि वताए।‘अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्छ।

यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण रुपमा पालना गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो बेलामा दिनदिनै कमाएर खानुपर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ। दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ। यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाईरस न्यून हुनजान्छ। समुदायमा संक्रमण फैलिन पाउँदैन।’

अधिकारका क्षेत्रमा एक दशक देखि काम गर्दै आएका आलम खानले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिए। ‘त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ। त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ,’ उनले थप्दै भन्नुभयो, ‘स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ।’खानले त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्टयाक टे«सिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिएका छन्।

खानले आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने वताए। होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने खानको भनाइ रहेको छ।