यी चीजहरूलाई बेवास्ता गरे हुन्छ अक्सिजनको कमी

काठमाडौ,कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ।यस बीचमा धेरै मानिस संक्रमित भएका छन्। चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ।

अक्सिजनको कमी हुँदा ज्यानै जाने खतरा रहेको भन्दै चिकित्सकहरूले यसको कमी हुन नदिन अपिल गर्दै आइरहेका छन्।विज्ञहरूका अनुसार, घरमै केही सावधानी अपनाउदाँ पनि अक्सिजन कम हुनबाट बच्न सकिन्छ। सबैभन्दा पहिले तपाईंले अक्सिजन लेवल परीक्षणका निम्ति अक्सोमिटर घरमा राख्नुहोस्।औषधी पसलहरूमा यो सहजै उपलब्ध हुन्छ।

कुनै पनि मानिसको अक्सिजन लेवल लगातार ९० भन्दा तल रहन्छ भने सो मानिसलाई अक्सिजन कम हुन थाल्छ।अक्सिजन कम भएका व्यक्तिलाई स्वास फेर्न गाह्रो हुने हुन्छ भने ज्यानै जाने समेत खतरा हुन्छ।शरीरमा अक्सिजनको कमी भएमा आफ्नो घरमा पनि ग्यास स्टोभ, मैनबत्ती, विजुली वा ग्यास हिटर जस्ता वस्तुहरूबाट कम्तिमा पनि ५ फिट टाढा रहनुहोस् । यी चीजहरूको नजिक जाँदा थप अक्सिजनको अभाव हुने हुन जान्छ।

यस्तै पेन्ट थिनल, एरयोसोल स्प्रे, क्लिनिङ्ग फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सहरूको प्रयोग नगर्नुहोस्। यसका साथै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम जस्ता वस्तुहरू छाति वा शरीरको कुनै पनि भागमा नलगाउनुहोस्।तपाईं धुम्रपान गर्नुहुन्छ भने यसलाई कम गर्नुहोस्।धुम्रपान गर्ने मानिसहरूबाट टाढै रहनुहोस्।यती मात्र हैन, घरमा पूजाका लागि प्रयोग हुने अगरबत्ती वा धूपबत्तीको धुवाँबाट पनि टाढै रहनुहोस्।यस्तै घरमा इन्डोर प्लान्ट लगाउनुहोस् ,यसबाट सधै अक्सिजन पाइन्छ।