कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि

३० जना संक्रमित उपचारपछि निको

सुर्खेत,कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन्।योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २ सय ८६ पुगेको छ । उक्त विधिबाट हाल सम्म ५ हजार ७ सय ५० जनाको कोरोना परीक्षण भईसकेको छ।

हालसम्म आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा संक्रमित हुनेको संख्या ७ हजार ९ सय ९४ पुगेको छ।तीमध्ये ७ हजार ५ सय १४ जना उपचारपछि निको भइसकेका छन् भने ४ सयजना संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा छन्।पछिल्लो २४ घण्टामा ३० जना संक्रमित उपचारपछि निको भएका छन् । कुल कोरोना संक्रमितमध्ये हालसम्म ३४ जनाको मृत्यु भएको छ ।