नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप २८ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।

गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।गत २४ घण्टामा कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ ।