बाँके जिल्लामा १३ देखि २० गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगन्ज,बाँके ज्ल्लिामा लकडाउनको घोषणा गरीएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो।

जिल्लाभर लकडाउन जारी गरीए सँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाईने भएको छ। लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख गरीएको छ।

यस अघी नै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा लकडाउन जारी रहेको छ।

यस्तो छ सुचना