कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

२०७८ वैशाख ३ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ओलीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएकाले उनी घरमै बस्दै आएका थिए।

उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।