नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख ११, शनिबार १६:४८
प्रकासित समय : १६:४८
काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।
गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।
आज थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।