पूर्वराजा ज्ञानेन्द्र दम्पती नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पतालमा भर्ना भएका छन्।

कोरोना पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको पूर्वराजाको स्वकीय सचिवालयले वताएको छ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएका थियो ।