नेपालमा थप २५५९ जनामा कोरोना पुष्टि

थप ५ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७९८ जना र एन्टिजेन विधिबाट ८६६ जनामा परिक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यस सँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ। गत २४ घण्टामा ४१० जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ७५५ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।