दालचिनीमा पाइन्छ यी ११ औषधीय गुण

हरेक भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो । दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ ।

के के औषधीय गुण छ त दालचिनीमा ?

१. आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा कमी हुन्छ ।
२. नियमित दालचिनीको सेवनले कपाल झर्न रोक्दछ ।
३. दाँतको दुखाइमा राहत पाउन पनि दालचिनीको सेवन गर्न सकिन्छ ।
४. दालचिनीको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
५. आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ ।
६. यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।
७. अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र ’लिम्फोमा’ क्यान्सर कोषको वृद्घलिाई कम गर्छ ।
८. दालचिनीको सेवनले रुघा समेत कम हुन्छ ।
९. वीर्यको गुणस्तर बढाउँन पनि दालचिनीको सेवन लाभदायी हुन्छ ।
१०. रोग प्रतिरोधक क्षमता बढाउँन र तौल घटाउँन पनि यसको सेवन लाभदायी हुन्छ ।
११. दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ । एजेन्सीको सहयोगमा