नेपालमा थप २४२८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख ९, बिहीबार १७:२६
प्रकासित समय : १७:२६
काठमाडौँ,नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ।
आज थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।