माधव नेपालले भने प्रधानमंन्त्रीसंगको कुराकानीमा कुनै प्रगति छैन

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ।

वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए। भेटपछि होटलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन।’

ओली र नेपालबीच बुधबार साँझ पनि सोही होटलमा भेटवार्ता भएको थियो ।