कोरोना कहरः लकडाउनका कारण सुनसान छ नेपालगन्ज सहर

नेपालगन्ज, पछिल्लो समय देशैभर कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।यो संगै भारतिय सिमाना संग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक संक्रमण बढको भन्दै प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्नकालागि भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले गयराती १२ बजे देखि सुरु हुने गरी नेपालगन्ज क्षेत्रमा एक हप्ताको लागी लकडाउन गर्ने निर्णय गरेको हो।लकडाउनको पहिलो दिन बिहिबार नेपालगन्ज बजार क्षेत्रका भित्री सडकमा सन्चालित पसलहरु केही मात्रमा खुलेपनि अन्य बजार क्षेत्रका पसलहरु पुर्ण रुपमा बन्द रहेका छन।

भने बजार क्षेत्रमा केही साइकल,अटोरिक्सा, मोटरसाइकल तथा पैदल यात्रुहरु छिटफुट देखिने गरेका छन।साथै नेपालगन्जका चोकचोकमा सुरक्षाको लागि जनपद प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।अत्यावश्यक काम बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने चेतावनी दिईएनि त्यो पुर्ण रुपमा पालना भने भएको छैन।