अति आवश्यक परे मात्र अस्पताल आउन आग्रह

चितवन,अति आवश्यक परेमात्रै अस्पताल आउन भरतपुर अस्पतालले सर्वसाधारणलाई आग्रह गरेको छ।अस्पतालले एक सूचना प्रकाशित गरी भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अत्यावश्यक नपरी अस्पताल नआउन आग्रह गरेको हो।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने जनाइएको छ।​अपिलमा भनिएको छ ‘अत्यवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौं।’

अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि आग्रह गरिएको छ।