नेपालमा थप १७३६ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख ७, मंगलवार १७:४७
प्रकासित समय : १७:४७
काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ।पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ८०६ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०२ पुगेको छ।आज कोरोनाबाट थप ११ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ८ हजार ६५९ रहेको छ।