बाँकेमा बैशाख ९ देखि लकडाउन

बाँके,कोरोना भाइरस कोरोनाको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ।नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो।

जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो। तत्कालका लागि एकसाता लकडाउन गर्ने निर्णय भएको छ।अबस्था हेरेर फेरी थप्न सकिने समेत वताएको छ।