नायिका केकीलाई कोरोना पोजेटिभ
प्रकासित मिति : २०७८ बैशाख ७, मंगलवार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौँ,अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ भएको छ । चलचित्र घिन्ताङको छायाङ्कनमा ब्यस्त रहेकी केकी अधिकारीमा दोश्रो पटकको टेस्टमा पनि कोरोना देखिएको हो।
होम आइसोलेसनमा रहेकी केकी कोरोना भएपछि निर्माण टिमले चलचित्रको छायाङ्कन पनि रोकेका छन्।दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाङ्कन यही सोमबारबाट सुरु गर्ने तालिका रहेको थियो।लक्ष्मी बर्देवा र एलिजा गौतमले छोडेपछि निर्देशक दीपक श्रेष्ठले केकीलाई चलचित्रमा अनुबन्धित गराएका थिए।चलचित्रमा उनले गौरव पहारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन्।
एकल महिला र पुरुषबिचको अन्तरजातीय प्रेम सम्बन्ध चित्रण गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ। सात वर्षपछि दीपकले निर्देशनमा यही चलचित्र मार्फत कमब्याक गरेका हुन्।