कोरोनाविरुद्ध दोस्रो चरणको खोप आजदेखि लगाईदै(खोप केन्द्र सहित)

काठमाडौँ,पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलगायतलाई दोस्रो डोजको खोप लगाइनेछ।

उक्त खोप अभियान देशभर सञ्चालन हुनेछ । काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। काठमाडौंमा १९ वटा, ललितपुरमा ११ वटा र भक्तपुरमा ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।