अखिल क्रान्तिकारी जाजरकोटको २०औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शाही

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्रत विद्यार्थी यूनियन (क्रान्तिकारी) जाजरकोटको २०औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजीवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २०औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ बुधबार जाजरकोटको खलंगामा सम्पन्न जिल्ला सम्मेलनले बिराजन शाहीको नेतृत्वमा ३३ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।जसको उपाध्यक्षमा दिपेन्द्र सिंह, सचिव तिलक बिस्ट, सह-सचिब मनिष चन्द, कोषाध्यक्ष भवानी मल्ल सदस्यहरुमा, सुनिल सिंह ‘विशाल’, जानुका चन्द, बिजुली चन्द, सम्मान न्यौपाने, डिल्ली रोकाय लगायतलाई चयन गरिएको छ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिब सन्तोषी भट्टराईको प्रमुख अथित्वमा भएको सम्मेलनको बिशिष्ट अथिती भने नेपाल कम्युनिस्ट पार्टीका भेक ब्युरो सदस्य प्रेम प्रकाश वलि ‘धमिल’ रहनु भएको थियो।त्यस्तै अन्य अथितिरुमा संगठनका भेक ब्युरो संयोजक हर्क बहादर बिक, जाजरकोट पार्टी सेक्रेटरी महान, संगठनका केन्द्रीय सदस्य प्रेम बहादुर शाही लगायत संगठन तथा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।शिक्षा क्षेत्र भित्रका तमाम खाले विकृति र विसंगतिको भण्डाफोर गर्ने व्यक्तिको जीवन र ब्यबहावर संग जोडने वैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका संघर्ष गर्दै राष्ट्रियता, जनतन्त्र र जिनजिविकाको सवालमा निरन्तर लडने अखिल (क्रान्तिकारी) जाजरकोटका नवनिर्वाचित जिल्ला अध्यक्ष बिराजन शाहीले जानकारी दिए ।