मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना

काठमाडौं,कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला।

जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमार्फत भनेका छन् ।