नेपालमा थप १२८१ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप ८ व्यक्तिको मृत्यु

काठमाडौँ,नेपालमा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ।पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ९१ पुगेको छ।

आज कोरोनाबाट थप ८ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ७ हजार २५४ रहेको छ ।