माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
प्रकासित मिति : २०७८ बैशाख ६, सोमबार ०९:३८
प्रकासित समय : ०९:३८
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो।
यस्तै, बैठकमा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरणको प्रयासबारे पनि छलफल हुनेछ । ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेको माओवादी केन्द्रले समीकरण बन्न नसक्दा सरकारबाट समर्थन फिर्ता लिएको छैन।