नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ७५४ पुगेको छ।पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७५ हजार ३०० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ६ हजार २९० रहेको छ ।