बालिका यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

सर्लाही,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।