कर्णालीका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्विप जारी गर्दै
प्रकासित मिति : २०७८ बैशाख ३, शुक्रबार १२:०१
प्रकासित समय : १२:०१
सुर्खेत,नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले वताएका छन्।
बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो।बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गर्ने जनाइएको छ।आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ।
३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन्।कर्णालीमा माओवादीसँग १२, काँग्रेससँग ६ र राप्रपासँग एकजना सांसद रहेका छन् । मुख्यमन्त्री जोगिन २० मत आवश्यक हुन्छ।