सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै
प्रकासित मिति : २०७८ बैशाख ३, शुक्रबार ११:४५
प्रकासित समय : ११:४५
काठमाडौं,सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदी र कुमार चुडालको आज संसदीय सुनुवाइ हुँदैछ।
सर्वोच्चले नहकुल सुवेदीलाई नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट खारेज गरेसँगै उनीहरुको सुनुवाइ अगाडि वढाईएको हो।चुडाल र सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका थिए।
४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले चुडाल र सुवेदीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो।