नेकपाका नेता वास्तोला सहिद परिवार भेटघाटमा
नेपालगन्ज, पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता देशैभर भेटघाटमा तिब्रता दिएका छन् । यसै क्रममा उक्त पार्टीका उच्च स्तरिय नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बिहिबार बाँकेमा आएर सहिद तथा वेपत्ता परिवार संग भेटघाटमा जुटेका छन् ।पार्टीका सचिबालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख र तत्कालीन पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका नेता वास्तोलाले विहिवार जनयुद्धमा आफ्ना दुई सन्तान गुमाएका असोक रोकायको परिवार संग भेट गरेका हुन ।
जनयुद्धको क्रममा बिस २०५८ सालमा रोकायका जेठा छोरा मनोज रोकाय ‘सुदिप’ लाई तत्कालिन शाही नेपाली सेनाले गिरफ्तार गरेर हाल सम्म पनि बेपत्ता पारेको छ। भने कान्छा छोरा महेन्द्र रोकाय ‘बिनोद’ को २०५९ सालमा सेनाले निर्मामतापुर्वक हत्या गरेको थियो। उनिहरु दुवै दाजुभाई तत्कालिन समयमा पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा थिए ।
आफ्नो श्रीमिती पवित्रा रोकाय, दुई छोरा र एक छोरी मन्जु रोकाय सहित सिङ्गो परिवार जनयुद्धमा पुर्णकालिन बनाएका संकल्प उपनामले चिनिने रोकाय बाँकेको माओवादी आन्दोलनका पुराना नेता मध्य एक हुन् । उनी २०६४ सालको पहिलो संबिधान सभा निर्बाचनमा माओवादीबाट समानुपातिक तर्फको सासद समेत बनेका हुन।
माओबादी जनयुद्धको क्रममा ठुलो क्षेति बेहोरेको तराईको जिल्ला मध्य बाँके पनि एक हो। बाँके जिल्लाबाट मात्रै १५४ जना सहिद तथा बेपत्ताहरु रहेका छन।
भेटघाटका क्रममा नेता बास्तोला सहित नेपाल कम्युनिस्ट पार्टी बाँकेका इन्चार्ज अनिल, अखिल (क्रान्तिकारी) बाँकेका नेता तथा सहिद पुत्र राकेश दाहाल लगायतको उपस्थिति रहेको थियो।