नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख २, बिहीबार १९:२२
प्रकासित समय : १९:२२
काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७४ हजार ६०७ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको छ।आज कोरोनाबाट थप ५ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ४३८४ रहेको छ।