एमाले सांसद रावल बसेको घरमा ढुंगा प्रहार
प्रकासित मिति : २०७८ बैशाख २, बिहीबार १२:४२
प्रकासित समय : १२:४२
काठमााडौँ,नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएको बताएका छन्।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बादलको ध्यानाकर्षण गरे। म बसेको घरमा बुधबार राति १२ बजेतिर ५/१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो। सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन, रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने।
कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ रहेको थियो ।